सिटिजन लाइफ इन्स्योरेन्सले MDRT 2025 सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न 

 

भरतपुर, चितवन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी (MDRT) 2025 सम्मान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यो दुई दिने कार्यक्रम २०८१ साल फागुन ९ र १० गते भरतपुर स्थित सिराइचुली होटेलमा भव्यताका साथ सम्पन्न भएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य एमडीआरटी 2025 का लागि छनोट भएका उत्कृष्ट लिडरहरुलाई सम्मानित गर्नु, कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न सफल व्यक्तिहरुलाई पुरस्कृत गर्नु, साथै आगामी दिनका लागि व्यापार रणनीति र प्रशिक्षण प्रदान गर्नु रहेको थियो।

यस कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बि.सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी लगायत ७० जना सहभागीहरू उपस्थित थिए। कार्यक्रममा ४२ जना एमडीआरटी क्वालिफायर र ३ जना सि.ओ.टि. क्वालिफायरलाई खादा, माला, प्रमाणपत्र र पुरस्कारबाट सम्मानित गरियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ हिमान्शु जोशीले सहभागीहरूलाई प्रशिक्षण प्रदान गरे। यसले सहभागीहरूको क्षमता अभिबृद्धि गर्ने र व्यवसायमा अझ सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

समापन अवसरमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सिटिजन लाइफ इन्स्योरेन्सको नवीनताको प्रगति र कम्पनीको सफलतामा सिटिजन लिडरहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरे। उनले आगामी दिनहरूमा व्यापारिक वृद्धि र व्यक्तिगत विकासको उच्च सम्भावना रहेको पनि जनाए।

यस्तो कार्यक्रमले लिडरहरूलाई प्रेरणा दिने, नयाँ सोच विकास गर्ने र टिमलाई अझ सबल बनाउने माध्यम बनेको कम्पनीले बताएको छ।