काठमाडौं । आर्थिक मिडियाको प्रतिनिधि संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको तेस्रो साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भई नयाँ कार्यसमिति गठन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष रोयल आचार्य सहित अन्य पदाधिकारीहरु दोस्रो कार्यकालका लागि दोहोरिएका छन्।
- नयाँ कार्यसमिति :
- अध्यक्ष : रोयल आचार्य
- उपाध्यक्ष : डिल्ली सापकोटा
- महासचिव : रामेश्वर कार्की
- उपमहासचिव : टंकबहादुर कार्की
- सचिव : प्रकाश अर्याल
- कोषाध्यक्ष : अमिर लामा
संस्थाको सदस्यहरुमा डिआर आचार्य, अप्सरा गौतम, उत्सव ढकाल र मनोज थापा पुनः निर्वाचित भएका छन् भने नयाँ सदस्यका रूपमा गीता भुसाल सर्वसम्मत रूपमा निर्वाचित भएकी छिन्। यसरी नयाँ कार्यसमितिले संस्थाको उद्देश्य र लक्ष्यहरु प्राप्त गर्ने जिम्मेवारी बहन गर्नेछ।














