बीरगंज। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णय अनुसार स्थगित रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम आज होटल भिष्वा, बीरगंजमा सम्पन्न भयो। उक्त निर्वाचनमा श्री बिमल प्रसाद ढकाल, श्री कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन्।
निर्वाचन पश्चात् आज मिति २०८१÷१२÷२ मा बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष श्री गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन्।
कम्पनीले यस सम्बन्धमा आधिकारिक जानकारी दिंदै नयाँ संचालक समितिलाई शुभकामना व्यक्त गरेको छ। नयाँ संचालक समितिले कम्पनीको विकास र गतिविधिहरु प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।












