काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग” भन्ने नारासहित विशेष अफर सार्वजनिक गरेको छ।
बिहीबारदेखि लागू भएको यो योजना अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, तुरुन्तै गाडी मूल्यांकन र एक्स्चेन्ज सुविधा समेत उपलब्ध गराइनेछ।
हालै सार्वजनिक गरिएको क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) मा यो अफर लागू भएसँगै योजना झनै आकर्षक बनेको कम्पनीले जनाएको छ।
हुन्डाईले ग्राहक सन्तुष्टि र आवश्यकतालाई प्राथमिकता दिँदै हरेक वर्ष यस्ता ग्राहकमुखी योजना ल्याउँदै आएको छ।
यस योजनाअन्तर्गत :
-
सबै आईसीई (Internal Combustion Engine) गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध हुनेछ,
-
ईभी (इलेक्ट्रिक) गाडीमा ८ वर्षको हाई भोल्टेज ब्याट्री वारेन्टी र २ वर्षको अन्य कम्पोनेन्ट वारेन्टी प्रदान गरिनेछ।
कम्पनीका अनुसार यो योजना हुन्डाईका ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी र ईभी सबै मोडलहरूमा लागू हुनेछ।













