रुपन्देही, चैत २९ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीको लुम्बिनीमा सुरु भएको छ।
लुम्बिनी विश्वविद्यालयको हलमा शुक्रबार आयोजित उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्घाटन गरेका हुन्।
कार्यक्रममा सहभागी अतिथिहरुलाई थारू र नेवारी सांस्कृतिक गीतमार्फत स्वागत गरिएको थियो।
सो अवसरमा संघीय फोनिजको स्मारिका तथा काठमाडौं शाखाको क्यालेन्डर विमोचन गरिएको छ। दुबै प्रकाशनको विमोचन प्रमुख अतिथि गुरूङले गरे।
फोनिज महाधिवेशनमा देशभरका आदिवासी जनजाति पत्रकारहरूको सहभागिता रहने जनाइएको छ।















