सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात कम्पनीको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबारदेखि कारोबार खुला हुनेछ ।