हिमालयन बैंकको बत्तीसपुतली शाखा नयाँ भवनबाट सेवा सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो बत्तीसपुतली शाखालाई नयाँ स्थानमा स्थानान्तरण गरी सेवा सञ्चालनमा ल्याएको छ। अबदेखि शाखा काठमाडौं महानगरपालिका–९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट सञ्चालन हुने बैंकले जानकारी दिएको छ।

शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्सेर राणाले उच्चपदस्थ कर्मचारी तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा गरेका थिए।

बैंकले हाल नेपालभर १७४ वटा शाखा कार्यालय, २० वटा विस्तारित काउन्टर, २८४ वटा एटिएम, ८,००० भन्दा बढी प्वाइन्ट अफ सेल्स टर्मिनल तथा १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत आफ्ना ग्राहकलाई विविध बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

हिमालयन बैंकले शाखा सञ्जाल विस्तार र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै आधुनिक बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।