सिजी मोटर्सले ९.९९ लाख डाउनपेमेन्टमा रिडारा आरडी सिक्स उपलब्ध गराउने

काठमाडौं । सि.जी. मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालमा इलेक्ट्रिक पिकअप रिदारा आरडि सिक्स Riddara RD 6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले ९.९९ लाख डाउन पेमेन्टमा यो ईभि पिकअप खरिद गर्न सकिने जनाइएको हो ।

सिजी मोटर्सले विद्युतीय मोबिलिटीलाई पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई मजबुत बनाएको छ । रिदारा आरडि सिक्स Riddara RD 6 2 WD मा ६३ kwh क्षमताको व्याट्री, २०० पध पावर र ३८५ Nm टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले ३७७ किमी (NEDC) को ड्राइभिङ रेन्ज प्रदान गर्दछ ।

Geely को MAP प्लेटफर्ममा आधारित यो पिकअपमा Independent Suspension जडान गरिएको छ । यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र V2L Vehicle-to-Load प्रविधि जडान गरिएको छ ।