कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कायममुकायम ९कामु० गर्भनर निलम ढुंगाना तिम्सिनाले आइतबार साँझ ५स्३० बजे सञ्चालक समिति बैठक डाएकी छिन्। बैठकमा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने राष्ट्र बैंक स्रोतले जनाएको छ।

गुणाकर भट्टले आफ्नो नाम भावी गर्भनरको सम्भावित सूचीमा आएको भन्दै आज राजीनामा बुझाएका हुन्। यद्यपि, तिम्सिनाले ती राजीनामा अहिलेसम्म स्वीकृत गरेकी छैनन्। यसैबीच, तिम्सिनालाई गर्भनरमा नियुक्त नगर्न माग गर्दै सर्वोच्च अदालतमा पुरक निवेदनसमेत परेको छ, जसको सुनुवाइ पनि आइतबारमै तोकिएको छ।

गत साता पनि बैठक बोलाइएको भए पनि निष्कर्ष ननिस्किएको स्रोतको भनाइ छ। आइतबारको बैठक अत्यन्त गोप्य ढंगले तय गरिएको छ र सञ्चालक समितिका सबै सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। यद्यपि, आकस्मिक बैठकबारे जानकारी नदिएको भन्दै केही पदाधिकारी असन्तुष्ट देखिएका छन्।

कामु गर्भनर तिम्सिनाले हालै ठूला निर्माण व्यवसायी, बैंक र सरकार पक्षलाई लाभ पुग्नेगरी असारसम्म ठेकेदारहरूलाई कालोसूचीमा नराख्ने, बैंकको खराब कर्जा बढ्न नदिने र नाफा बढाउने प्रस्तावमा हस्ताक्षर गरेपछि आलोचना खेपिरहेकी छन्।

त्यसैगरी, चेतप्रसाद उप्रेती, रोशन सिग्देल र डा। रामशरण खरेल कार्यकारी निर्देशकमा बढुवा भएपछि उनीहरूलाई बधाई दिने कार्यक्रम पनि आइतबारकै लागि तय गरिएको छ।