काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ शीर्षकमा भव्य युवा उत्सव आयोजना गरेको छ।
लोकतन्त्रलाई उत्सवको रूपमा मनाउने र युवाहरूलाई अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा एमालेभित्र ४० वर्षमुनिका करिब एक लाख युवालाई सडकमा ल्याउने लक्ष्य राखिएको थियो।
कार्यक्रममा सांगीतिक कन्सर्ट, नाचगान, तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको छ। सहभागी युवा उत्साहका साथ नाचगानमा रमाइरहेका देखिन्छन् भने सम्पूर्ण कार्यक्रमले उत्सवमय वातावरण सिर्जना गरेको छ।
पार्टी नेतृत्वले युवा पुस्तालाई लोकतन्त्रप्रति जिम्मेवार र सचेत बनाउँदै पार्टीप्रति थप आस्थावान बनाउने प्रयासस्वरूप यस्ता कार्यक्रमको आयोजना गरिएको जनाएको छ।
























